After header

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली !

मुगु

चुनाव सकियो तर नागरिकका दुःख सकिएका छैनन ।दसैं सुरु भएदेखि २४ गतेसम्म परेको अविरल बर्षाले मुगु जिल्ला पहिरोको जोखिममा पुगेको छ । मुगुका ३३ गाउँ पहिरोको उच्च जोखिममा छन ।  बाढी पहिरोले छायाँनाथ रारा नगरपालिकाका चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र पाल भित्रको बसाईले नागरिकको जनजिवन कष्टपुर्ण बितेको छ ।अविरल वर्षापछिको बाढी पहिरोले मुगुका झयारी , सिगाडि ,घुईर ,तल्लो सालिममा विभिन्न गाउँ बस्तिमा ठूलो जनधनको क्षति भयो । बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा यतिबेला मुगुका नागरिकको बिचल्ली छ । चिसो मौसम पाल भित्रको बसाईले तल्लो सालीमका ६२ घरदुरीका नागरिकलाई सास्ती भएको छ । छायांनाथ रारा नगरपालिका ११ तल्लो सालीमा गाउँ ८ झयारी , सिगाडि ,र ७ घुईरका स्थानीय हरु अहिले पाल भित्र कष्टकर दैनिकी बिताउन बाध्य छन् । चिसौ मौसम र पाल भित्रको कष्टपुर्ण बसाईले नागरिक बिरामी हुने गरेका छन । स्थानीयमा आखाँ पाक्ने, पेट दुख्ने टाउँको दुख्ने लगायतका समस्या देखा पर्न थालेको स्थानीय बेलधरा कुमाइले बताइन ।एक साता लामो झरीका कारण मुगुको एक नगरपालिका छायाँनाथ रारा नगरपालिका तिन गाउँपालिका सोरु गाउँपालिका ,खत्याड गाउँपालिकाका र मुगुमा कामारोगं गाउँपालिकाका बिभिन्न गाउँ बस्तीहरु क्षत बिक्षत भए । भौतिक संरचनादेखि बालीनाली सखाप भयो । पहिरोको प्रभावले विद्यार्थी को पठन पाठनमा समस्या भएको विद्यार्थी हरु बताउँछन् । 

पहिरोमा परेर सालिमा गाउँमा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ७ सय ४३ घर पूर्णरुपमा भत्किँदा ५ हजार भन्दा बढी मानिस घरबारबिहीन भएका छ्न् । नव निर्वाचित सघिय सासद ऐन बहादुर शाही र प्रदेश प्रदेश सासंद जित बहादुर मल्लले बिजय सङै पहिलो एजेन्द बाढि पहिरो पीडितको राहात तथा पुर्नस्थापानमा जोड दिने बताएका छ्न ।बाढी पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकट क्षेत्र घोषणा त गरिएको छ तर संकट क्षेत्रमा राहत र उद्धारको काम नहुँदा नागरिक विचल्लीमा पर्दै गएका छन् ।

एक पटक पढ्नुहोस