तिन गम्भिर घाईते
कालिकाेट । कर्णाली नदिमा डोजर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । तिन बेपत्ता र तिन घाईते भएका छन । बहुचर्चित राष्ट्रिय महत्वको निर्माणाधिन फुकोट जलासययुक्त जलबिधुत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको हो ।
डोजर कर्णाली करिडोरको सान्नित्रिबेणी १ लालिघाट स्थित लुसाभिरवाट कर्णाली नदिमा खसेको हो । डोजरमा रहेका सात जना मध्य दुइजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना कर्णालि नदीमा बेपत्ता भएका छन ।
अन्य तिन जनालाइ घाइते अबस्थामा उद्वार गरिएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गिरीका छोरा उमेस गीरी र अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन । डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन ।
घटनामा तीन जना घाइते भएका हुन । घाइते खाडाचक्र ११ बरातुका बिबेक भारति र बिकास भारति पनि घाइते छन । घाइतेको उद्धार गरि प्रहरी र स्थानियले जिल्ला अस्पतालमा ल्याईएकाे छ ।

कर्णाली नदिमा डोजर खस्यो दुई जनाको मृत्यु, तीन बेपत्ता
एक पटक पढ्नुहोस