After header

बस दुर्घटनामा १७ जनाको मृत्यु दुई दर्जन धाइते

काभ्रे ।काभ्रे जिल्लाको बेथानचोक ४ चलाल गणेशस्थान स्थित छेवरमा गएर घर फर्किदै गरेको मावली टोली सवार यात्रु बाहक बस दुर्घटना हुँदा यो समाचार मंगलबार राती ९.१५ मा तयार गर्दा सम्म १८ जनाको मृत्यु भएको छ । माङलबार साँझको ६ बजेर १५ मिनेट जाँदा च्यासिंखर्कबाट व्रतबन्ध ( छेवर ) सकेर बेथानचोकबाट बनेपा आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको पुण्यमती यातायातको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुन्डी राज न्यौपानेले जानकारी दिए । वहाँका अनुसार मृतक मध्ये अधिकाँस घटनास्थलमा नै र दुई जनाको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् । घटना लगत्तै स्थानिय प्रहरी र अन्य सुरक्षाको टोली पुगी घाइतेहरू लाई उद्दार गरी उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पताल लागिएको बताएका छन् ।   दुर्घटनामा

२२ जना घाईते, जसमध्ये ४ जना गम्भिर रहेको र बसमा सवार ३९ जना रहेको बताइएको छ । गम्भीर अवस्थाका घाइते मध्ये ६ जना लाईअन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौ लगिएको बताइएको छ । र दुर्घटना पछि शवहरु स्काभेटर प्रयोग गरी निकालिएको स्थानीयले बताएका छन्। बसमा सवार केही यात्रुका अनुसार बस चलाल गणेशस्थान माथि मोडको भित्तामा ठोक्किएर पल्टिएको बताएका छन् । दुर्घटनामा मृत्यु हुने बनेपा ११ सल्ले घर भएका रहेको बताइएको छ । च्याल्टी बाट ढुखर्क हुँदै पनौती आउदै गरेको बस चलालगणेशस्थानमा दुर्घटना चालक तेज प्रसाद तिमल्सिनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य मृतकको पहिचान हुन आफन्तहरू सम्पर्कमा नआएकोले पहिचान हुन नसकिएको बताइएको छ ।

एक पटक पढ्नुहोस