काठमाडौं/ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेतालाई जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका बेला सरकारका विषयमा पनि छलफल हुने उनले बताए । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति जुटेको छैन ।
यसैका बारेमा छलफल हुने र अब गठन हुने सरकारको विषयमामा पनि छलफल हुने र कसरी सरकारका समाबेस हुने बारे पनि छलफल हुने उनले बताए ।
