After header

राप्रपाले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने

टुङ्गो लगायो मन्त्रीहरुको नाम

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय सगै मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।
प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए ।जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएको श्रेष्ठले जानकारी दिए ।

एक पटक पढ्नुहोस