After header

आभाष बचतको एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

बनेपा/ आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजना र रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गरेका थिए ।

कार्यक्रममा शाक्यले सहकरीहरु प्रति समाजमा बड्दै गएको वितृष्णा प्रति यस्ता सामाजिक कार्यहरुले तिनलाई मेटाउने धारण राखे । संस्थाका अध्यक्ष दिनेशराज कायस्थले सहकारीले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर, राहत वितरण सुत्केरी भेटघाट र सहकारीको स्थापनाका दिन र नयाँ वर्षका दिन शिरमेमोरियल अस्पताल बनेपामा पहिलो जन्मिने छोरीलाई नगद सहित सम्मान गर्दै आएको बताए ।

बनेपा सरस्वती आधारभुत विद्यालयमा आयोजना गरिएको उक्त शिविरमा १ सय ८७ जनाले आँखा जाँच गराएका थिए भने १० जनाको मोतियाविन्दुको विरामी भेटिएको आभाष चत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुभाष वैद्यले जानकारी दिए । आर्थिक कारोबार मात्रै हैन सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुभाष वैद्यले जानकारी दिए । शिविरमा सञ्चालक सदस्य तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस