After header

नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण

काठमाडौं/ प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेका थिए । हिजो मात्र घिमिरे सभामुखमा चयन भएका थिए । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूले मत दिएका थिए ।

एक पटक पढ्नुहोस