After header

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरियो

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिएको छ । मंगलबार कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र बाहिरिएको हो ।

प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालयको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

एक पटक पढ्नुहोस