बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उनको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो ।
लिभरमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर फर्किएका थिए । बोहरा २०७९ को पालिका चुनावमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए
