After header

बागमती प्रदेश फुटबल संघको अध्यक्षमा काभ्रेका श्रेष्ठ निर्वाचित

काभ्रे । बागमती प्रदेश फुटबल संघको अध्यक्षमा काभ्रेका निरोज श्रेष्ठ निर्वाचित भएका छन् । बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनले शुक्रबार श्रेष्ठ निर्विरोध अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष श्रेष्ठसहित १५ सदस्सीय सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । तीन जना उपाध्यक्षमा नुवाकोटका दिपक लाल चित्रकार, दोलखाका बाबुराजा श्रेष्ठ, र सिन्धुपाल्चोकका राजिब मान सिंह बस्नेत चयन भएका छन् भने महिला सदस्य काभ्रेकी सुनौना श्रेष्ठ भएकी छिन् ।

यस्तै सदस्यहरुमा ललितपुरका दिपक थापा मगर,नुवाकोटका राम कुमार कोइराला,सिन्धुपाल्चोकका कपिल पाख्रिन, भक्तपुरका अनिल हेक्का, दोलखाका सुमन खड्का,दोलखाकै अनिल श्रेष्ठ, काभ्रेका अबोध भुषण खोजु श्रेष्ठ, भक्तपुरका निश्चल बस्नेत, सिन्धुलीका विशाल श्रेष्ठ कोजु र काभ्रेका प्रभात कुमार श्रेष्ठ, गरी १५ सदस्यीय कार्यसमिति चयन भएका संघका निर्वाचन संयोजक नवराज बडालले बताएका छन् ।

आफू निर्वाचित भए लगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले योगदान सहकार्य र देखाएको एकताको माध्यमबाट अगाडि बढाउने बताए । नेपाली फुटबलको गुमेको साख फर्काउन प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रमूख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष दिपक गौतमले राज्यको नीतिमा देखि व्यवहार सम्म खेलाडीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिनुपर्ने तर्क गरेका छन् । उनले काभ्रे जिल्लाको सुमन्वयमा बागमति प्रदेश स्तरीय फुटबल कार्यक्रम गरी राष्ट्र चिनाउने र खेल क्षेत्रमाबाट काभ्रे चिनाउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

 

एक पटक पढ्नुहोस