काठमाडौं/ लागुऔषध ओासारपसारमा संलग्न गिरोहलाई पक्राउ गर्ने क्रममा काठमाडौको सिनामगलमा प्रहरीले गोलि चलाएको छ ।
विशेष सुचनाका आधारमा लागुऔषध कारोवार भईरहेको भन्ने सुचना प्राप्त भएपछि लागू औषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । व्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको जानकारी दिए ।
प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको थपलियाले जानकारी दिए । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोको टोलीले भगतलाई पछ्याएको थियो ।
