झापा/ पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा नजिकै दुर्घटना हुदाँ दुई मृत्यु भएको छ भने केही घाईते भएका छन् । मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको अस्पतालले जनाएको छ । मृतक दुई जना बाबुछोरी हुन् ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले बताएको हो। दुर्घटनामा पाँच जना घाइते छन्। उनीहरूको उपचार भइरहको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।
दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
