काभ्रे / काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुबर््यवहार गरेको भनि विद्यालयमा उजुरी दिएको आज बुधबार ६ दिन पछि विद्यालयले प्रहरीकोमा जाहेरी दर्ता गरेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा गणित शिक्षक छवि गौतमले आफूहरुलाई पटक पटक विभिन्न बहानमा यस्तो हर्कत गदै आएको भनि कक्षा १० मा पढ्ने १० जना छात्राहरुले सामुहिक विद्यालय व्यपस्थापन समितिलाई उजुरी दिएका थिए ।
उजुरी परेपछि पनि विभिन्न बहान गदै विद्यालयले प्रहरीका उजुरी दिन नगएपछि हिजो मंगलबार पनौती वडा नं. २ को कार्यालयमा भेला भएका स्थानिय अभिभावक, बुद्धिजिवि, नागरिक समाज, विभिन्न विद्यार्थीहरुको सगसगठन एवं शुभचिन्तकहरुको चर्को दवावपछि विद्यालयले प्रहरीकोमा किटानी जाहेरी दिएको छ ।
भेलामा विद्यालयका प्रधानध्यापक श्यामकुमार भुजुले यस भन्दा अगाडि पनि यसै विद्यालयका एक छात्रामा यस्तै हर्कत गर्दा उनलाई माफी मगाएर छाडेको कुरा बताएपछि झनै भेलामा सहभागिहरु आक्रोसित भएका थिए । यस्ता शिक्षकलाई विद्यालयले केको आधारमा राखेको भन्दै विद्यालय प्रशासनसगँ सहभागिहरुले ईष्टप्रष्टिकरण दिनु पर्ने माग गरेका थिए ।
विद्यालयको कोठाभित्रै यौन दुर्ब्यवहारको आरोप लागेका पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छवि गौतम विरुद्ध किटानी जाहेरी दर्ता आएको ईलाका प्रहरी कार्यालय बनेपकाका डिएस्पी रेशम बोहराले जानकारी दिए ।
विद्यालयका ११ जना छात्राले ईलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिएका ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहरा जानकारी दिए । विद्यालयका प्रधानाध्यापक, विब्यसका पदाधिकारी सहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएको उनले बताए । जाहेरी दर्ता भईसगै आवश्यक कानुनी प्रक्रिया अघि बढिसकेको डिएस्पी बोहराले जानकारी दिए ।
घटना भएको चौथो दिनमा मात्रै पनौती नगरपाकिलालाई र शिक्षा शाखामा विद्यालयले लिखित जानकारी आएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए । घटनाको गम्भिर विषय प्रति ध्यानाकर्षण भएको भन्दै शिक्षण सेवा जस्तो पवित्र संस्थामा कार्यरत शिक्षकबाट वालवालिकाहरुको भावनामा ठेस पुग्नेगरी हुने त्यस्ता कार्यहरु निन्दनिय तथा भर्त्सना योग्य भएको उनले बताए ।
वालवालिकाहरुले स्वतन्त्रतापूर्वक, शान्त वातावरणमा अध्ययन कार्यमा संलग्न हुन पाउने बालअधिकारको सुनिश्चितताको लागि हामी सदैव क्रियाशिल रहेको, छात्राहरु माथि भएको दुर्व्यबहारको सन्दर्भमा त्यस विद्यालयको मिति २०८०।०४।१५ को पत्र जानकारीका प्राप्त भएके उनले बताए ।
विद्यालय व्यवस्थापन समितिवाट उक्त सन्दर्भमा शिक्षकलाई सोधिएको स्पष्टीकरण तथा शिक्षकबाट दिइएको लिखित जवाफ चित्तबुझदो नभएको भनी विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई विद्यालयमा हाजिर नगराउने निर्णय पश्चात् विषयवस्तु झन् गहन तथा गाम्भिर्यतापूर्ण लिई उनले जानकारी दिए ।
तत्काल नगरपाकिलाले कानुनी दायरमा ल्याउन भनि आवश्यक कानुनी प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा र इलाका प्रहरी कार्यालय बनेपामा विद्यालयबाट प्राप्त भएको सम्पूर्ण कागजातहरु संलग्न गरी पठाइसकिएको नगर प्रमुख भण्डारीले जानकारी दिए ।