After header

पनौतीका एक बालक घरमा झुण्डिए

काभ्रे/  काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४, टौखालका एक बालक घरमै झुण्डिरहेको अवस्थामा मृत फेला परेका छन् । आज बिहिबार दिउँसो करीब २ बजेर ३० मिनेटमा उनी आफ्नै घरको झ्यालमा भुडिएको अवस्था फेलाएका ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले जानकारी दिए ।

आज विहिवार दिउँसो २ बजेर ३० मिनेटमा सो घट्नाको बारेमा थाहा भए लगतै पनौती चौकीबाट प्रहरी घटना स्थलमा पुगिसकेको उनले जानकारी दिए ।मृत्यु हुनेमा पनौती न.पा.०४ टौखाल बस्ने घनश्याम सापकोटाको छोरा बर्ष १४ को निरज सापकोटा रहेको डिएसपी बोहराले जानकारी दिए । सापकोटा आफ्नै घरको कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डि रहेको अबस्थामा फेला पारेको उनले जानकारी दिए ।

खबर प्राप्त हुनसाथ प्रहरी चौकी पनौतीबाट प्र.ना.नि. रामहरी रिजालको कमाण्डमा टोलि खटी गई घटनास्थल पुगी मुचुल्का उठाई पोष्टमार्टमका लागि धुलिखेल अस्तपाल पठाईएको उनले जानकारी दिए । मृतक सामुदायिक बोडिङ स्कुल पनौतीको कक्षा सातमा पढ्ने गरेको र घटनाका बारेमा थप अनुशन्धान शुरु भईसकेको डिएस्पी बोहोराले जानकारी दिए ।

एक पटक पढ्नुहोस