After header

हृदयघातबाट एसपी थपलियाको मृत्यु

वीरगन्ज । पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ ।वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको हो ।

वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

उनको हृदयाघात (हार्ट अट्याक)बाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो ।

नुवाकोटका स्थायीवासी रहेका थपलियाको काठमाडौंमा पनि घर छ ।

एक पटक पढ्नुहोस