After header

रसुवाबाट २ किलो सुन बरामद, दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रसुवाबाट २ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी सुवास बुढाथोकीले नियमित चेकका क्रममा लुकाएर ल्याएको २ किलो सुन शनिबार साँझ बरामद भएको  बताए  । उनले सुनसहित २ जना पक्राउ गरेको बताए।

टिमुरेबाट स्याफ्रु पैदल आउँदै गरेका सुदीप शेर्पाको साथबाट प्रहरीले बरामद गरेको उनको भनाई छ। ‘नियमित जाँच गरिरहेका थियौं। चेकिङका क्रममा सुन फेला परेको छ। सुनसहित भोटेकोशी- ५ का २४ वर्षीय सुदीप शेर्पा र भोटेकोशी-१ का ३० वर्षीय फुर्साङ्बु शेर्पालाई पक्राउ गरिएको छ।’ उनले भने,‘बरामद भएको सुन परीक्षण गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं।’

प्रहरीका अनुसार सुन काठमाडौंतर्फ लैजान खोजिएको थियो।

एक पटक पढ्नुहोस