After header

धुलिखेल अस्पतालद्वारा मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधी प्रयोग गर्दै

 काभ्रे । धुलिखेल अस्पतालले मृगौलाको पथ्थरी फुटाउन नौलो प्रविधिको प्रयोग अपनाउने भएको छ । प्रविधि बारे मंगलबारे पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले छिट्टो र सहज कम लागतमा अप्रेशन नगरी पथरी निकाल्ने प्रविधि अपनाइने जानकारी दिएको छ । रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी बारे जानकारी दिँदै अस्पतालका प्रा डा सुमनराज ताम्राकारले मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने नौलो प्रविधीको नाम रिर्स रहेको बताउँदै यसप्रविधीमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्फत पठाएर मिर्गौलाका रहेको पत्थरी पत्तालगाई लेजर प्रविधीबाट मिगौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिने बताए। उक्त प्रविधीमा प्रयोग हुने दूरबिन (इण्डोस्कोप) लचिलो खालको भएकोले सूत्र प्रणाली भित्रका बाङ्गाटिङ्गा नलीमा छिराउन सजिलो हुन्छ । यो इण्डोस्कोप पिसाबखुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पुयाउन सकिने भएकोले पेटमा कुनै घाउ बनाई राख्नु पर्दैन । डा ताम्राकार भन्छन् ।

मिर्गौलाको पत्थरी व्यवस्थापन मिर्गौलामा पत्थरी समस्या हुंदा विभिन्न तरिकाले व्यवस्थापन गरिदै आएको छ । ती तरिकाहरूमा पहिलो नेफ्रोलिथोटोमी- रहेको यसमा परम्परागत एवं पुरानो तरिकामा पेटको साईडमा ठूलो घाउ पारेर मिगौलाको पत्थरी निकालिन्छ । यस क्रममा मिर्गौला पनि चिनुपर्ने भएकोले यो उच्चजोखिम हुनुका साथै संक्रमण घाउ र पिसाबको हुनसक्ने, अस्पताल बसाई लामो हुने, पीडा पनि निकै हुने हुन्छ । करीब २०, ३० वर्ष अघिसम्म यसको खासै विकल्प पनि नभएकोले बाध्य भएर यो अपनाउँदै आएको बताइन्छ ।

यस्तै अर्को पाइलोलिथोटोमी- यो शल्यक्रियामाथिको जस्तै तर यसमा मिर्गौलाको सट्टा मिर्गौलामा मुत्रनली युरेटर जोडिएको भागमा घाउ पारेर मिर्गौलामा रहेको पत्थरी निकालिन्छ । शल्य चिकित्सकहरुको लागि नेफ्रोलिथोटोमी भन्दा सहज हुने भए पनि माथि उल्लेखित जटिलताहरुका साथै यस्तो खालको शल्यक्रियापछि मुत्रनली साँगुरिने, फेरि फेरि पत्थरी बन्ने, मिर्गौलाफुल्ने, बिस्तारै मिर्गौलाले कामगर्न छोड्ने (फेलखाने) जस्ता थप जटिलता उब्जिन सक्ने जोखिम रहेको बताइन्छ ।

यस्तै ल्यापारोस्कोपीमा ठूलो घाउको सट्टा सानो प्वालमार्फत् व्यापारोस्कोप (दूरबिन) छिराई मिर्गौलाको पत्थरी निकालिन्छ । यसमा सक्रमण जोखिम कम, अस्पताल बसाई छोटो भएपनि मुत्रनली साँगुरिने जोखिम कायम नैं हुने हुन्छ । यस्तै एक्स्ट्रा कर्पोरियल शकवेभमा शरीर बाहिरबाट उपकरणका माध्यमबाट निरन्तर झट्का पठाई मिर्गौलाको पत्थरी फुटाइन्छ, जुन पिसाब फेरेसँगै बाहिरिन्छ । तर यो प्रविधी सबै खाले पत्थरीलाई काम लाग्दैन भने गर्भवती महिला, उच्च रक्तचाप, रगत पातलो हुने औषधि लिईरहेका विरामीको लागि उपयुक्त नहुने । नरम खालका एवं १५ मिलिटिर भन्दा साना पत्थरीलाई मात्र उपयुक्त हुन्छ । यस उपचारको क्रममा मिर्गौलामा रगतजम्ने, पेटमा निलडाम बस्ने र सबै पत्थरी फुटाउन नसकिने पनि हुनसक्छ । त्यसैले धेरै पटक दोहो-याउनुपर्ने, फुटाइएको पत्थरीको टुक्रा मुत्रनली तिर सरेर पीडा हुने, पिसाब रगताम्य हुने, रक्तश्राव हुने, पिसाबको बहावमा अवरोध खडा हुने (त्यसैका लागि फेरि मुबमार्गबाट दूरबिन छिराई पत्थरीको टुक्काहरू भिक्नुपर्ने हुन्छ भने ठूलो खाले पत्थरीको लागिउपयुक्त नहुने बताइन्छ ।

यता अहिले अपनाउन लागेको प्रविधि रेट्रो ग्रेडेट इन्ट्रा रेनल सर्जरीले प्रविधीमा विरामीलाई पुरै बेहोश बनाई वा शरीरको आधा भागमात्र बेहोश बनाई पिसाबनलीको प्वालबाट दूरबिन छिराई पिसाब थैली, मुत्रनलीहुँदै भित्रभित्रै मिगौलासम्म पुगित्यहाँ रहेको पत्थरीको अवस्थिती पत्ता लगाएर लेजर प्रविधीले निकै स-साना टुका पारिन्छ । त्यसरी टुक्काएका पत्थरीहरु बास्केट (धोको) मास्मा पारी बाहिर ल्याइन्छ । सबै पत्थरीनिखियो, निखिएन भनेर विशेष खालको एक्सरे (फ्लुओरोस्कोप) र दूरबिनबाट चेकजाँच गरिन्छ । प्रक्रिया सकिए पछि मुत्रनलीमा विशेष खालको पाईप (डिजे स्टेण्ट भनिने) २ ३ हप्ता राखिन्छ । विरामीलाई ४ ५ घण्टापछि खान दिइन्छ । अर्को दिन अस्पतालबाट डिस्चार्ज गरिने बताएको छ ।

युरोसर्जन डा. सुजन माकजूको भनाइमा यस प्रविधिको फाईदा – घाउ बनाउनु पर्दैन, चाडै तडग्रिन्छ, पीडा कम, छोटो अस्पताल बसाई, मिर्गौला बिग्रिने वाचोट पुग्ने जोखिम कम, दुवै मिर्गौलामा एकै सेटिङमा गर्न सकिन्छ । भन्छन् उनले यसको हुनसक्ने बेफाइदा बारे पनि जानकारी दिँदै बेफाईदामा महंगो प्रविधी भएको, समय बढी लाग्ने, पिसाब नलीको संक्रमण हुने, २ सेमी भन्दा ठूलो पत्थरी वा अदुवा जस्तो बाङ्गोटिङ्गो खालको पत्थरीलाई काम लाग्दैन । भन्छन् ।

यो उनको भनाइमा यो प्रविधि पत्थरी २ सेमी भन्दा सानो, पटक पटक पत्थरी भैसकेकोमा,मुत्रनलीको पत्थरी, गुजुल्टिएको मुत्रनली भएका, पुट्ठाको जोर्नीमा समस्या भएर खुट्टा खुम्च्याउन नसक्ने खालको पत्थरीको विरामीमा, रगत पातलो हुने औषधि लिइरहेकालाई उपयुक्त हुने बताउँछन्।

एक पटक पढ्नुहोस