काभ्रे । काभ्रेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले रास्ट्रघाती mcc भन्दै कार्यान्वयको बिरोध गर्दै बिरोध प्रदर्शन सहित कोणसभा निकालेका छन् । बुधबार बनेपाको तीनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो ।बिरोध सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपाका नेताहरूले संम्बोधन गरेका थिए ।
कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला इन्चार्ज सोमान सिंह तामाङ जिल्ला संयोजक बिनयराज शर्मा नेकपाको प्रतिनिधि समीर श्रेष्ठले एमसीसी लाई रास्ट्रघाती परियोजना भन्दै तत्काल सरकारले फिर्ता नगरे कडा सङ्घर्षमा उत्रने बताएका छन् । कार्यक्रममा दुई पार्टीका कार्यकर्ताहरुको उपस्थिती रहेको । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला सह संयोजक ढोग प्रासाद अधिकारीले गरेका थिए।

MCC परियोजना राष्ट्रघाती भएको भन्दै प्रदर्शन
Prev Post
एक पटक पढ्नुहोस