काभ्रे । रोकी राखेको मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले मोटर साइकल चोरी गर्ने दुई जना लाई मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । गत कार्तिक १६ गते रातको समयमा इलाका प्रहरी कार्यालय बनेपा बाट प्रहरी टोली खटि गएको सिभिल गस्ति टोलिले राति ९ बजेको समयमा हेल्मेट हातमा बोकी हिडिरहेको अवस्थामा २ जना संकास्पद ब्यक्ती देखी सोधपुछ तथा अनुसन्धान गर्दा निज ब्यक्तिहरु जिल्ला काभ्रेपलाञ्चोक महाभारत गा.पा. ७ बस्ने बर्ष २९ को सुनिल घलान र बस्ने बर्ष २० को मनोज घलान रहेको र निजहरुले जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ८ बस्ने लाल बहादुर लामाले सडक छेउमा पार्किङ गरी राखेको मोटर साइकलको हेल्मेट चोरी गरी हिडेको बुझिए पश्चात निजहरुलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान गर्दै गर्दा उनीहरूले बनेपा न.पा १० मा बस्ने सुदिप रायमाझीले ८ बजेको सममा बनेपा न.पा. ९ नयाँ बस्ति स्थित सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा.प्र.३-०२-००८ प २६१८ नं.२२० सि.सि. को पल्सर मोटरसाइकल, यस्तै कार्तिक १० गते जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा.-६ बस्ने मधु कुमार श्रेष्ठले साँझ ७ बजेको समयमा बनेपा न.पा.७ स्थित तरकारी बजार स्थित सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा. ७० प ४२७९ नं. को २२० सि.सि. को पल्सर मो.सा. हेलमेट, अर्को बनेपा न.पा. वडा नं. १ बस्ने जनार्दन थापाले बनेपा न.पा. ३ काशिभञ्ज्याङ्ग स्थित सडक किनारामा पार्किङ गरि राखेको अबस्थाबाट ७ बजेको समयमा बा.प्र.-०२-०३७ प २९६६ न.को १५० सि.सि.को मोटर साइकल चोरी गरी लुकाई राखेको अवस्थामा उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए । उनले फेला परेको मोटरसाइकल मो.सा. धनीलाई बुझाउँदै चोरी गर्ने सुनिल घलान र मनोज घलानलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी सम्वन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भईरहेको बताएका छन् ।
यस्तै गत जेठमा काभ्रेपलाञ्चोकको बनेपा न.पा. वडा नं. ०७ स्थित सकुन्तला श्रेष्ठले संचालन गर्दै आएको जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसलबाट जिल्ला दोलखा साबिक भि.न.पा. वडा नं. १२ हाल भि.न.पा. वडा नं. ०७ बस्ने वर्ष ६३ की दुर्गा बि.क. र निजकै बुहारी वर्ष ३५ की बिनिता बि.क.ले पसलमा रहेको कपडाहरू हेरी झुक्यानमा पारी पसलमा रहेको कुर्ता सुरूवाल, टप्स लगायतका कपडाहरू चोरी गरेको पत्ता लगाई उनीहरू लाई समेत कार्तिक २१ गते ६ बजेको समयमा बनेपा न.पा. वडा नं. ०९ बाट पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको बताएका छन् । उनीहरूको साथ बाट कुर्ता सुरुवाल १६ सेट, सिंगल टप्स- ६ थान बरामद गरिएको बताइएको छ ।