पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा बालमैत्री शाखा स्थापना गरेको छ । शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख राम शरण भण्डारी र उपप्रमुख गीता बन्जाराले संयुक्त रुपमा शाखाको उदघाटन गरेका थिए। स्थापना भएको बालमैत्री शाखा भित्र बालबालिकाहरुको सर्वपक्षको हितको लागि सो कार्यकक्ष प्रयोग हुने जसमा बालबालिकाको नियमित योजनाको लागि भेला, पुस्तक तथा लाइब्रेरी तथा बालबालिकाको क्षमता अभिबिद्री गर्न साखा स्थापना गरिएको वडाका वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिए । कार्यक्रमममा स्वागत मन्तव्य वडा सदस्य प्रेम बहादुर कुँवरले राखेका थिए । उनले बालबालिकाको क्षमता विकास, सिकाइमा स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिन पनि आग्रह गरेका छन् ।

वडा अध्यक्ष विनोद खत्रीले हरेक विद्यालय, टोलवस्तीमा पुगेर बालबालिकाको कुरा सुन्ने गरेको बताए । बालबालिकाहरुले आफ्नो लागी आफैं योजना माग गर्न र छनौट गर्न थालेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । यस्तै बालमैत्री शाखा प्रमुख केशव बञ्जाराले बालश्रम मुक्त नगर घोषणाका लागि अन्तराष्ट्रिय श्रम संगठन आइएलओ सँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिए । उनले बालबालिकालाई अधिकार मात्रै नभई कर्तव्य पनि सिकाउने गरेको बताएका छन् । बाल सञ्जाल मार्फत जीवनोपयोगी विषय सिकाउँदै आइरहेको उनको भनाई छ । यस्तै वडा बाल सञ्जाल अध्यक्ष सृजा चौलागाँईले वडामा बालमैत्री कक्षा सञ्चालन भइरहेको बताइन् । कक्षामा बालश्रम, बाल विवाह, बाल अधिकार, बाल कामको बारेमा छलफल हुने गरेको चौगागाईले जानकारी दिइन ।
कार्यक्रममा हाम्रो सम्पदा, हाम्रो गौरव विषयक निबन्ध लेखन प्रतियोगितामा २२ जना बालबालिका सहभागी थिए ।
सहभागी मध्ये वस्तीस्तर तर्फ प्रथम अनिशा मिजार, द्धितिय संस्कृति गिरी र तृतिय अनुशा केसी, विद्यालयतर्फ प्रथम हाइल्याण्ड स्कु्लकी टेनिशा कार्की, द्धितिय सेन्टलम स्कुलकी रितिका श्रेष्ठ र श्वेत गणेश आविकी सजना जिम्बा तृतिय भएकी थिइन्। 
पनौती नगरपालिका वडा नम्बर ५ मा नगरपालिका र वडाबाट ६ लाख ६८ हजार रुपैयाँ बराबरको वार्षिक कार्ययोजना बनाएर काम भइरहेको बालमैत्री सहजकर्ता गीता तिमल्सिनाले बताइन् । वडा नम्बर ५ मा हालसम्म १६ वटा बाल समुह गठन भएको छ । जसमध्ये ७ वटा विद्यालयस्तर र ९ वटा वस्तीस्तरका छन् । २ वटा बाल सुमुह गठनको अन्तिम तयारी भइरहेको छ ।

पनौती नगरपालिका २०७८ असार ३० गते बालमैत्री नगर घोषणा भएको थियो । त्यसपश्चात नगरपालिकाले दिगोपनाका लागि ५१ वटा सुचकलाई केन्द्रमा राखेर हरेक वडामा काम गर्दै आइरहेको छ । निबन्ध लेखन तर्फ प्रथम बस्ती स्तर तर्फ अनुषा मिजार दितिय संस्कृति गिरी तृतिय अनुषा केसी लाई प्रसंसा पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा व्यावसायीहरु प्रकाश कुमार श्रेष्ठ वसन्त लामाले कार्यक्रममा वडा नम्बर ५ लाई तीस थान ट्र्याक शूट वितरण गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका का प्रमुख राम शरण भण्डारीले बाल बालिकाको लागि खाद्य पोषण, बालश्रम मुक्त नगर बन्न निरन्तर रूपमा विभिन्न कार्यक्रमहरू लाई निरन्तरता दिन सक्नु पर्ने धारणा राखे । कार्यक्रममा उपप्रमुख गीता बन्जाराले अहिलेको कार्यक्रमले बाल बालिकाको भविष्य निर्धारण गर्ने हुनाले बालमैत्री वडा स्थापित गर्न सबैको उत्तिकै भूमिका निभाउनु पर्ने धारणा राखेका छन् । कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष विनोद खत्रीले बालमैत्री स्थानीय शासन लाई निरन्तर रूपमा स्वीकार गरी नमूना पालिका र वडा बनाउन सबैले आफ्नो आफ्नो तर्फ बाट भूमिका निर्वाह गर्नु पर्ने र त्यसको लागि व्यावहारिक ज्ञान सीप र नैतिक शिक्षा दिनु पर्ने धारणा राख्दै उ ले बागमती प्रदेश मा नाई नमूना वडा बनाउन आफूहरु लागि परेको बताएका छन् । उनले सभ्य समाज को निर्माण को लागि बाल समुह हरु बनाएको र उनीहरू बाट विभिन्न कार्यक्रम हरु सञ्चालन गरिरहेको खत्रीले बताए । उनले वडा नम्बर ५ ले सबै स्थानियबासी देखि बुद्धिजीवी सबैको साथ अपरिहार्य रहेको बताए । उनले ट्र्याक शूट सहयोग गर्ने र आबस्यक साथ सहयोग गर्ने लाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
