After header

तेमाल १ नम्बर वडाका ४ सय ६६ विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ र लायन्स क्लबको समन्वयमा वडाका ६ वटा प्रावि देखि मावि सम्मको सामुदायिक विद्यालयहरुमा अध्ययनरत ४ सय ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। सोमबार एक कार्यक्रमका बीच क्लब र वडाको आधा आधा रकम सहयोगमा ३ लाख २५ हजार बराबरको कपडा विद्यार्थीहरुलाई निःशुल्क उपलब्ध गराइएको छ ।         वडाको जन चेतना मा बि, पन्चकन्या आ बि ,सिम भन्ज्यङ प्राबि,मल्लबि देबि प्रा बि , भुपालेस्वर प्रा बि ,नब जागरण प्रा बि गरी ६ वटा बिद्यालयका ४६६ जना बिद्यार्थी लाई न्यानो कपडा बितरण गरिएको तेमाल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर अधिकारीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि अतिथी क्याबिनेट सेक्रेटरी लायन गोपिमन श्रेष्ठलले आफूलाई गाउँमा यसरी सहयाेग गर्न पाएको र विद्यार्थीहरुमा हौसला प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै भावी दिनमा पनि वडासंग समन्वय गरेर स्वास्थ्य चौकीको भवन निर्माणमा सहयोग गर्ने, साथै बिद्यालयको भौतिक संरचनामा सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । कार्यक्रममा विशेष अतिथि डिपार्टमेन्ट अफिसर लायन मनाकृष्ण श्रेष्ठ लायन्स क्लब अफ काठमाडौँका सभापति ओम बुद्ध अध्यक्ष लायन कान्छा मान तामाङ,अतिथि जोन चिएरपर्सन लायन जोइली सिलवाल,अतिथि लायन्स जोन चिएरपर्सन, लायन शुभद्रा तामाङ, अतिथि लायन्स वाङ्दी शेर्पा लगायतका उपस्थिति रहेको थियो।
वडा अध्यक्ष अधिकारीले वडा कार्यालयले विद्यार्थीहरूको आबस्यकता र पढाइको गुणस्तर वृद्धि गर्ने हौसला प्रदान गर्न क्लबको सहयोगमा वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको अधिकारीले जानकारी दिए । उनले तेमाल वडा नम्बर १ का ती विद्यालयका ४ सय ६६ जना विद्यार्थीलाई सहयोगस्वरुप निःशुल्क न्यानो कपडा ट्र्याक सुट र टिसर्ट वितरण गरिएको बताए ।  विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यस अघि पनि स्विटर वितरण गरिसकेको सुनाउँदै उनले ग्रामीण क्षेत्रमा अझै सामुदायिक बिद्यालयमा विद्यार्थीहरुको संख्या घट्दो अवस्था रहेको समेत बताएका छन् । उनले सामुदायिक बिद्यालयमा गुणस्तर वृद्धि गर्न वडा र विद्यालयहरू बीच विभिन्न कार्यक्रम गरिरहेको समेत बताएका छन् ।   सोमबार जनचेतना मावि को प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जन चेतना माविबाट प्लस टू पास गरेका ४० जना विद्यार्थीहरु लाई समेत वडा कार्यालयले बधाई र भावी दिनका उज्वल भविष्यको लागि हौसला प्रदान गर्न सम्मान पत्र समेत वितरण गरिएको बताए ।

एक पटक पढ्नुहोस