काभ्रे । काभ्रे जिल्लाको पनौती वडा नम्बर ५ ले बाल श्रम मुक्त वडा घोषणा गर्न १३ सदस्यीय समन्वय समिति गठन गरेको छ । बाल श्रम संगठन ILO को सहकार्य र पनौती नगरपालीकाको आयोजना मिति २०८० फागुन २० गते भित्र पनौती नगरपालिका ५ नम्बर बडा लाई बालश्रम मुक्त वडा घोषणा गर्ने निर्णय समेत समन्वय समितिको आज बसेको बैठकले निर्णय गरेको छ । आइतवार पनौती नगरपालीका ५ नम्बर वडामा बालश्रम मुक्त वडा घोषणाका लागी वड़ा स्तरिय समन्वय समिति ५ नम्बर वडाका वडा अध्यक्ष विनोद खत्रीको अध्यक्षतामा बसेको बैठकमा बसेको थियो ।
वडा अध्यक्ष खत्रीले बालश्रम मुक्त वडा बनाउने उद्देश्यको लागि वडाका आम नागरिकले सहयोग गर्नुपर्ने र सहयोग गर्न आवहान समेत गरेका छन् । उनले बालश्रम मुक्त वडा घोषणा गर्ने प्रकृया शुरु गरिएको बताए । बैठकले बालश्रम मुक्त वडा घोषणा गर्न वडाको संघ संस्थाहरु संग समन्वय गर्ने, र अनुगमन गरी वडामा भएको बाल श्रमको समस्या तत्काल वडा मार्फत समाधान गर्ने बताइएको छ । 
श्रम संगठन ILO को सहकार्य र पनौती नगरपालीका को आयोजनामा २०८० असोज १० देखी २० गते सम्म वडामा घर होटल, पसल,हार्डवेयर उद्योगहरु लगायत बाल श्रम भएको र पठन पाठनमा समेत असर परेका बालबालिकाको समस्या समाधान गर्ने बताइएको छ । १३ सदस्यीय समन्वय समितिमा संयोजक वडा अध्यक्ष विनोद खत्री,सदस्यहरु उजेली मिजार, सविता थापा, वडा सदस्य महेन्द्र लाल श्रेष्ठ, वडा सचिव पुण्यलाल दुवाल, श्याम थापा (रोजगार दाता) नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य शुकदेव थपलिया, वडा सदस्य प्रेम बहादुर कुवर, लुना कोइराला (Sos)स्कूल बाट, दुई जना बाल सञ्जालका विद्यार्थी र बालमैत्री वडाको सहजकर्ता गीता तिमल्सिना, रहेका छन् ।
वडा स्तरीय समन्वय समितिको काम कर्तव्य र अधिकारमा बालश्रम अनुगमन गर्नुपर्ने, बालश्रम मुक्त वडा घोषणाको लागि आबस्यक पर्ने कामहरू गर्नुपर्ने । बाल श्रम मुक्त गर्ने कार्यदलमा आवश्यक सहयोग तथा समन्वय गर्ने, बालश्रम विरुद्ध प्रचार प्रसार गर्ने लगायत काम रहेको छ । बैठकमा पनौती प्रहरी इन्चार्ज प्रहरी वरिष्ठ सहायक निरीक्षक कुल बहादुर कुँवरले बाल श्रम मुक्त घाेषणा गर्न अभिभावक र नागरिकले बालमैत्री शासन विधा बारे जानकारी लिएर लागू गर्न सहयोग गर्नु पर्ने बताएका थिए।
