After header

वरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित

काभ्रे । सहिद दिवसका दिन माघ १६ गते भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा एउटा भव्य कार्यक्रमको आयोजना गरी ‘हाम्रो सिर्जना समूह’ ले मोहन दुवाललाई रु.१५,०००।– (पन्ध्र हजार) नगदसहित जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले सम्मानसहित पुरस्कृत गरिएको हो । जनमतका प्रधानसम्पादक मोहन दुवालले सहिद शुक्रराज शास्त्रीको वैचारिक चिन्तनका गहन कृति ‘स्वर्गको दरबार’ लाई जनमत मासिकको पूर्णाङ्क ११७ देखि १३७ पूर्णाङ्कसम्म प्रकाशित गरिनुका साथै जनमत प्रकाशनबाट २०६६ मा पुस्तकका रुपमा प्रकाशित गरी सहिदको महत्वपूर्ण कृतिलाई संप्रेषण गरी उल्लेखयोग्य योगदान पु¥याइएको कारणले उक्त सम्मान प्रदान गरिएको हो । .

‘हाम्रो सिर्जना’ त्रैमासिकका प्रधानसम्पादक प्रा.डा. गणेशप्रसाद खरालको सभापतित्वमा सुरु भएको उक्त साहित्यिक कार्यक्रममा मोहन दुवालको व्यक्तित्वबारे परिचय गराउँदै प्रा. कपिल अज्ञातले ‘साहित्यिक सेवक शिरोमणि’ मोहन दुवालको परिचय गराउँदै भने — “मोहन दुवालको योगदान जनमतमा मात्र सीमित छैन । उहाँको योगदान बहुआयामिक छ । कविता, संस्मरण, निबन्ध र समालोचनामा पनि उहाँको विशिष्ट योगदान छ ।” उक्त कार्यक्रममा डी.आर. पोखरेल, मा. विजय सुवेदी, नारायण अधिकारीका साथै अन्य वक्ताहरुले पनि शुभकामना मन्तव्य प्रकट गरेको उक्त कार्यक्रममा मोहन दुवालले पनि सम्मान लिंदै भने — “सहिदहरुप्रति आस्था र सद्भाव राखेर जनमतको साहित्यिक यात्रामा लागिरहन पाएको छु । साहित्यिक यात्रा मेरो जीवनको यात्रा बनेको छ ।” उक्त दिनमा नै ‘स्वर्गको दरबार’ को तेस्रो संस्करणको पनि सार्वजनिक चितवनमा भएको थियो ।

एक पटक पढ्नुहोस