लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनमा भतिजी पर्ने बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा स्थानीय ४९ वर्षीय सिकिन्द्र चौधरी रहेका छन् । चौधरीले गएको शनिबार घरमा कोही नभएको समयमा टिभीको रिमोट बनाउने बहानामा १२ वर्षीया बालिकामाथि जबरजस्ती गरेको प्रहरीले जनाएको छ ।
परिवारको उजुरीको आधारमा चौधरीलाई आइतबार दिउँसो पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । जबरजस्ती गर्ने चौधरी शारीरिक रूपमा अशक्त छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।