काभ्रे । यतिबेला काभ्रेको बनेपा स्थित काभ्रे उद्योग वाणिज्य सघंको नयाँ नेतृत्व चयनका लागि बनेपा पुरै चहलपहल भएको छ । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशनले गर्दा काभ्रेका व्यवसायीहरु सबै आ–आफ्नो नेतृत्ववर्ग छान ब्यस्त रहेका छ र उनीहरुलाई निर्वाचन जिताउन रातदिन लागि समेत परेका छन् ।
करीब ३४ पदका लागि हुन गईरहेको निर्वाचनमा अध्यक्ष देखि सदस्य सम्म गरी ३४ पदका लागि यहि जेठ १९ गते निर्वाचन हुदै छ । सबै व्यवसायीहरुको मनमुटुमा बस्न सफल र हरेक व्यवसायीहरुको मर्का बुझ्ने र व्यवसायीहरुकै नजरमा सधै साथसाथै रहने संघको वर्तमान कार्यसमितिका महासचिव हालका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रविन्द्र वैदार यतिबेला सम्पूर्ण व्यवसायीहरुको रोजाईमा परेका एक मात्र उम्मेदवार बनेका छन् ।
उनी सबै व्यवसायीहरुको मन जित्न सफल भएका कारण उनीले व्यवसायीहरुकै आग्रहमा उनले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएको एक व्यवसायीले बताए ।संघमा दुई प्यानल सहित निर्वाचनका लागि आजै मनोनिय दर्ता समेत भएको छ । संघको वर्तमान कार्यसमितिको महासचिव रहेका वैदारले व्यवसायी पलायन रोक्न पहल गर्ने, उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन् ।
व्यवसाय दर्ता तथा नविकरणलाई अनलाइन बनाउने बताउँदै उनले उद्योगी व्यवसायीको हकहितका लागि जिल्ला स्थित घरेलु तथा साना उद्योग तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै उद्योगी व्यवसायीलाई अनुदान, व्यवसायअनुसारको कर छुट र व्यवसायको प्रकृतिअनुसार जरिवानाको छुटका लागि पहल गर्ने बताएका छन् ।
व्यवसायलाई व्यवस्थित बनाउँदै पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने वैदारले बताए ।वैदार २०६४ सालमा युवा उद्यमी मञ्च काभ्रेमा संलग्न हुँदै २०६६ सालदेखि २०७० सम्म मञ्चको अध्यक्ष भएका थिए ।
२०७० सालमा सहसचिवमा निर्वाचित भएका वैदार २०७४ मा सचिव र २०७७ मा महासचिव पदमा निर्वाचित भएका थिए । संघको कार्यसमिति सदस्य देखि महासचिव सम्म सफल भई आम काभ्रेली व्यवसायीहरुको सुखदुःखमा हातेमालो गदै आएका वैदारको यस पटक सबै व्यवसयाीको आग्रह र अनुरोधमा भोलिका दिनमा अझै व्यवसायीहरुको हकहितका लागिरहन उनले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको व्यवसायीहरु बताउछन् ।
सबैको माया मोह र व्यवसायीहरुको रोजाई परेका उनीले राम्रै मत ल्यार्ई निर्वाचन जित्ने व्यवसायीहरुले बताएका छन् । उनले हिजोका दिनमा सघंको सदस्य पददेखि रहेर आज महासचिव पदमा बस्दा व्यवसायीहरुका हितका लागि काम गरेका कारण नै अरु भन्दा वरिष्ठ उपाध्यक्षमा उनी विकल्प नभएको आम काभ्रेली व्यवसायीहरुको भनाई रहेको छ ।