After header

सहकारी महासंघले सचिव दुवाडीसँग गरे छलफल 

काठमाण्डौ ।राष्ट्रिय सहकारी महासंघको संचालक समितिको एक टोलीले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसँग समसामायिक विषयमा छलफल गरेको छ । 

मन्त्रालयका सचिव दुवाडीले सहकारी अभियानसँग हातेमालाे गर्न तयार रहेकाे बताउनु भयाे । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको सो टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्दिरा पन्त, संचालकहरु टेकप्रसाद चौलागाई, परितोष पौड्याल, सुमन नेपाल हुनुहुन्छ । सो टोलीमा महासंघका नायव महाप्रबन्धक बाबुल खनाल समेत हुनुहुन्थ्यो । सहकारीमा देखिएका समस्या समाधानका लागि गर्नुपर्ने कार्यहरुको विषयमा छलफल भएको थियो । महासंघका अध्यक्ष मल्लले सहकारी क्षेत्रका विषय तथा माग बुँदागत रूपमा राख्नु भएकाे थियाे । महासंघको नवविर्नाचित संचालक समितिको टिमलाई सचिव दुवाडीले बधाईसमेत ज्ञापन गर्नुभएको थियो ।

एक पटक पढ्नुहोस