एजेन्सी । कपालमा कलर गर्दा गुणस्तरीय हेयर कलरको प्रयोग गर्नुपर्छ । कपालमा कलर अघि कपालको सम्वेदनशीलता बारे थाहा हुनु जरुरी हुन्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ ।

पहिले पनि कलर गरिसकेको छ भने त्यो जरुरी छैन तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्दा कपालको लागि राम्रो हुन्छ ।

प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरु आउने जस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन । प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरै थोरै मिसाएर नाडी, कानको पछाडि लगाएर ५–१० मिनेटपछि पुछ्ने र २४ घण्टसम्म साइड इफेकट वा एलजी हुन्छ वा हुँदैन त्यसको जाँच गर्नुपर्छ ।

कलर लगाउँदा अनुभवीको हातबाट मात्र लगाउदा राम्रो हुन्छ । कपालको कलरभन्दा गाढा, फिका वा फरक रङ कस्तो लगाउने हो, सो अनुसार कलर हाइड्रोजन परोअक्साइडको कन्सिसटेन्सी पनि छान्नु पर्छ । अन्यथा नचाहेको कलर निस्कने सम्भावना हुन्छ ।

स्ट्रट, कर्ली, पहिले नै रंग्याइएको वा हाइलाइट, लो–लाइट गरिएको कपाल वा पूरै ब्लीच गरिएको कपाल छ भने त्यस्तो कपाललाई विशेष ध्यान दिनुपर्छ । राम्रोसँग ध्यान दिइएन भने कपाललाई हानि पुग्ने सम्भावना बढी हुन्छ । त्यसैले सुरक्षाका उपाय अपनाएर मात्रै कपालमा कलर गर्नुपर्छ ।

कपाल झरेको, चाया परेको, घाउखटिरा आएको वा लामो बिरामी भएको अवस्थामा कपालमा कलर गर्नु हुँदैन । सुन्दर कपाल छ भने कलर गर्दा झनै सुन्दर देखिन्छ । कतिपय अवस्थामा समस्यायुक्त कपालमा पनि कल् गर्नुपर्ने हुन्छ । सही ट्रिटमेन्ट र सुरक्षित ढंगले कपाल कलर गर्दा परिणाम सुन्दर देखिन्छ भने कपाल पनि स्वस्थ हुन्छ ।

मेहन्दी लगाएको वा मेटालिक कलर प्रयोग गरिएको कपालमा नचाहेको कलर बस्दैन् ।

कलर गरिएको कपाललाई विशेष स्याहारको आवश्यक पर्छ । कडा घाम, हावा, प्रदूषणबाट बचाउन प्रोटेकिटभ लोसन वा सेम्पोको प्रयोग गर्नुपर्छ । गाढा कलर बसेमा ब्लिच बाथबाट फिका बनाउन सकिन्छ । फिका रङमा भएमा आवश्यकता अनुसारको रङ थपेर परेको रङमा कलर गर्न पनि सकिन्छ , सुक्खा र पातलो कपालले छिटो कलर टिप्छ तर बाक्लो र चिल्लो कपालमा कलर बस्न गाह्रो हुन्छ ।