डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार गरिएको छ ।बिहीबार अपराह्न ३ बजे नगरपालिकाको वडा नम्बर १२ स्थित हलमा बसेको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि हातपात भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक कार्कीका अनुसार जोशीमाथि भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार गर्दा टाउकोमा चोट लागेको उनले जानकारी दिए । उनको टाउकोमा चोट लागेपछि नजिकैको जोगबुढा अस्पतालमा उपचारका लागि लगिएको थियो । उनीमाथि कसले हातपात गरेको यकिन भइनसकेको डिएसपी कार्कीले बताए ।
प्रहरीका अनुसार कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबीच विवाद भएको थियो । विवाद उत्पन्न भएपछि हातपातको स्थितिमा पुगेको प्रहरीको भनाइ छ । यसको विषयमा थप अनुन्धान भ्रईरहेको उनले जानकारी दिए ।
