काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपाले नक्कली नोट सहित बनेपा नगरपालिका वडा नं. ५ बाट एक जना पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी परिसर ललिपुरको सहयोगमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलिले बनेपा नगरपालिका–५ मा एचएम मोबाइल केयर सेन्टर मोबाइल पसल संचालन गर्दै आईरहेका बेथानचोक –३ का २५ वर्षिय सविन हुमागाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालब्धज सुवेदीले जानकारी दिए ।
जिल्ला परिसर ललिपुरले यस अगाडि पैसालाई कलर प्रिन्ट गरि नक्कली नोट बनाएको सम्बन्धी अनुसन्धानमा केही ब्यक्ति पक्राउ गरेको आधारमा आज बनेपाबाट निज हुमागाईलाई पक्राउ गरेको उनले जानकारी दिए । निज पक्राउ परेका ब्यक्ति सविन हुमागाईले पनि एफो साईज पेम्परमा कलर प्रिन्ट गरि दुरुन्तै सक्कली जस्तो नोट सहित केही सामान सहित उसलाई पक्राउ गरेको डिएसपी सुवेदीले जानकारी दिए ।
प्रहरीले कलर प्रिन्टर एक थान, डेल कम्पनीको ल्यापटप एक थान, एकहजार दरका ६९ थान, पाँच सयको एउटा नक्कली नोट, पैसा प्रिन्ट गर्ने फोटोकपी पेपर कागज एक रिम र आइफोन बरामद गरेको उनले जानकारी दिए । निज पक्राउ परेका हुमागाईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको उनले जानकारी दिए ।
