After header

पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरले जानकारी दिए ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

एक पटक पढ्नुहोस