After header

दुई मन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली काग्रेस आवद नेपाल विद्यार्थी सघं दुई मन्त्रीको राजिनामको माग गदै प्रदर्शन गरेको छ ।
विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् । उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने र छानबिनको माग गदै प्रदर्शन गदै आएका छन् ।

एक पटक पढ्नुहोस