After header

तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ ः अध्यक्ष नेपाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले तत्काल कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् । आज अर्थात सोमबार काभ्रे जिल्लाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका छन् । ।

‘अरुसँग पार्टी एकता हुँदै छ भनेर गलत हल्ला फिँजाइएको छ । हामी तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ । जनताको मुद्दामा पार्टीलाई जोड्नुहोस् । सशक्त ढंगले लाग्नुहोस् ।’उनले कार्यकर्तालाई आग्रह गरे । तत्काल पार्टी एकता कोहीसँग नहुने भन्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत उनले गरे ।

यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका थिए । यसअघि २८४ सदस्यीय जिल्ला कमिटी थियो । अध्यक्षमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित भएकबा थिए । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामा निर्वाचित भएका थिए । त्यसैगरी सचिवमा गोकुल गौतम निर्विरोध निर्वाचित भएका थिए । उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण बहादुर तामाङ निर्वाचित भएका थिए ।

जिल्ला कमिटी सदस्यमा बनेपा नगरपालिकाबाट राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने र गीता मगर, धुलिखेल नगरपालिकाबाट टिकाप्रसाद हुमागाई, दयासागर श्रेष्ठ र सञ्जिता लामा, पनौती नगरपालिकाबाट सन्तनु केसी, डाक बहादुर कार्की र गिता अधिकारी निर्विरोध निर्वाचित भएका थिए । नमोबुद्ध नगरपालिकाबाट राज कुमार तिमल्सेना, जानुका पौड्याल र पञ्च तामाङ, पाँचखाल नगरपालिकाबाट रणबहादुर बोहोरा, पुरुषोत्तम आचार्य र कल्पना श्रेष्ठ, मण्डनदेउपुर नगरपालिकाबाट पवित्रा भट्टाराई, डिल्लीप्रसाद आचार्य र माधवप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएक थिए ।

गाउँपालिका तर्फ रोशीबाट निशा लामा र जगत बहादुर तामाङ, बेथानचोकबाट विनु थापा मगर र मिठाई लामा, खानीखोलाबाट सीतादेवी तिमल्सिना र कृष्ण बहादुर दर्लामी मगर, महाभारत गाउँपालिकाबाट निर बहादुर वाईबा र चन्द्रकुमारी लुङ्गेली, तेमालबाट टिकालाल तामाङ र मनिषा तामाङ, भुम्लुबाट कालिका खरेल र मोतिलाल लामा निर्विरोध निर्वाचित भएका थिए । चौंरीदेउराली गाउँपालिकामा भने निर्वाचन भएको थियो ।

निर्वाचनबाट ९२ मत सहित गोकुल गौतम विजयी भएका थिए ।खुल्ला क्षेत्रबाट ईश्वर बञ्जारा, चमारसिं तामाङ, चन्दा लामा र राजन प्रसाद पराजुली विजयी भएका थिए । अल्पसंख्यक तर्फबाट विकास राई र कल्पना भुजेल विजयी भएका थिए । दुई जना दलित सदस्य पदमा मनिष वर्देवा र सम्झना विक जिल्ला कमिटीमा विजयी भएका थिए । अपाङ्गता क्षेत्रबाट लोकेन्द्र कुमार सापकोटा निर्वाचित भएका थिए ।

युवा सदस्य तर्फबाट विजय लामा (धनबहादुर), सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राज कुमार शाह, तुल बहादुर तामाङ, रिना वाईबा तामाङ, राम बहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ जिल्ला कमिटीमा निर्वाचित भएका थिए ।

सपथग्रहण कार्यक्रममा उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, केन्द्रीय सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम लगायत सहभागि रहेको थियो ।

एक पटक पढ्नुहोस