After header

पैसाका लागि ८३ वर्षिया बृद्धाको हत्या

काभ्रे । मान्छेलाई पैसा अति आवश्यक चिज पनि हो पैसा नभई केही पनि चल्दैन । पैसा के का लागि र कसरी कमाउने त्यो आफूमा भर पर्छ । तर काभ्रेको बनेपामा एक जना ब्यक्तिले पैसाका लागि एक बृद्धा महिलाको हत्या गरेको पुष्टी भएको छ । घटना हो फागुन १७ गते काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १३ भैसपाटीमा डेरामा बस्ने ८३ वर्षिया लक्ष्मी तामाङको दुईवटा सुनको रिङका कारण उनको हत्या भएको हो ।

कानमा लगाएका दुईवटा रिङ लुटेर ब्यक्तिगत खर्च चलाउने उदेश्य राखेर उनी महिलाको हत्या भएको अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोहि घरमा डेरा गरी बसेका सुनसरी जिल्ला धरान उमहानगरपालिका वडा नम्वर ८ मा घर भएका २९ बर्षिय युवक अभिषेक आचार्जुले हत्या गरेको अनुसन्धानमा देखिएको उनले बताए ।

दुई दिनसम्म लक्ष्मीलाई नदेखेको अझ ढोका समेत भित्रैबाट लगाएको देखे पछि स्थानीयहरुले प्रहरीलाई खवर आएपछि हामीले घटनाको अनुसन्धान सुरु गरेको बताए । स्थानिय र त्यही घरमा डेरा गरी बस्नेको भनाई अनुसार अन्य समयमा पनि लक्ष्मीसँग ति युवाले रातको समयमा पानी माग्ने, खाने कुरा माग्ने र नदिए धम्क्याउने गरेको आधारमा उनलाई शंका गरी अनुसन्धान सुरु गरेको डिएस्पी सुवेदीले बताए ।

बृद्धा महिला लक्ष्मी कोठा भित्रै मृत्य हुनु र सोही दिन देखि ति युवक कोठामा नआउनुले पनि केहि शंकास्पद गतिविधी समेत देखाएको र उनको निगरानी बढाएको थियौं । प्रारम्भिक अनुसन्धानले पुष्टी भए पछि उनलाई पक्राउ गरिएको डिएस्पी सुवेदीले बताए । अभिषेकका बाबु आमा लगायत बनेपामा हार्डवेयर ब्यवसाय गर्दै आएका रहेछन् ।

घर परिवारले नियन्त्रणमा राख्न नसकेका उनको संगत गलत ब्यक्तिहरुसँग रहेन्छ । कुनै पेशा ब्यवसाय नगरी हल्लि हिडेका र उनलाई पैसाको खाँचो परिरहेको रहेन्छ । उनले कहाँ कसरी पैसा जम्मा गर्ने र साथीहरुको सापटी पैसा तिरौ भन्ने भौतारीएर हिडेको अनुसन्धानबाट देखिन्छ उनले भने ।

फागुन १७ गते विहान लक्ष्मी तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको स्विकारेको डिएस्पी सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।’ लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैया लिएका रहेछन् ।

उक्त रकमबाट अभिषेकले साथिहरुलाई तिर्नु पर्ने केहि रकम तिरेको बाकी रकमले उनीले आफ्नो तरीकाले खर्च गदै हिडेको समेत बयान दिएको डिएस्पी सुवेदीले जानकारी दिए । प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ ।

एक पटक पढ्नुहोस