After header

जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी प्रमुख विहिन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा एस्पीको दरबन्दी छ । तर कार्यालय प्रमुख अर्थात एस्पी नभएको आज १९ दिन बितेको छ । प्रहरी प्रधान कार्यालयले १९ दिन बित्दा समेत कुनै प्रहरी प्रमुख पठाउन सकेको छैन ।नुवाकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत एस्पी सञ्जयसिंह थापालाई गृहमन्त्रालयले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन र अर्का ब्यक्ति जिवन चलाउनेले आरोप लगाएको भरमा थापालाई प्रहरी प्रधान तानिएपनि आज १९ दिन बित्दा समेत जिल्ला प्रहरी कार्यालय नुवाकोट यतिबेला कार्यालय प्रमुख विहिन बनेको छ ।

२ चैतमा जिम्मेवारी खोस्दै एसपी थापालाई प्रहरी हेडक्वाटर तानिएको थियो । एसपी थापा प्रहरी हेडक्वाटर तानिएको १९ दिन बितिसकेको छ । तर अहिलेसम्म प्रहरी प्रधान कार्यालयले नुवाकोटको एस्पीमा कसैलाई पठाएको छैन ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकाल भने जतिसक्दो चाँडो प्रहरी प्रमुख पठाउने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको दाबी गरे । समितिले अहिले कारबाही प्रक्रियाबारे केही टुंगो नलगाएकाले नुवाकोटको एसपीमा कसैलाई पनि नपठाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

नुवाकोटमा कार्यरत रहिरहेका बेला थापाले जिल्लालाई शान्ति सुरक्षामा कुनै कमी नदिई जिल्ला भएका अपराधका कमी लगायत फरार प्रतिवादी पक्राउ देखि जिल्लाबाट हुने अन्य गतिविधिलाई समेत उनले नियन्त्रण लिईदै आएका थिए ।

एक पटक पढ्नुहोस