
रोशीमा बुद्धचित्तको बोट काटियो, घर वरिपरि विस्फोटक पदार्थ फेला
काभ्रे / काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा गए राती अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएका छन् । उक्त समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
करिव १५ जनाको समुहले विहीबार राती स्थानीय ठाकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त घटनामा प्रहरीले शंकास्पद व्यक्तिहरुको पहिचानका लागि खोजी कार्य भइरहेको उनले बताए ।
मध्य–पूर्वी कमाण्ड जनाउँदै ‘महेश चौधरी’द्वारा निर्मित एक समुहले उक्त घटना घटाएको जानकारी गराइसकेको बुझिएको छ । सोही समुहको अगुवा मानिने सागर मैनालीलगायतको समुहले रुख काटिदिएको बताइन्छ । तामाङले यसअघिका बर्षमा सोही रुखको बुद्धचित्त विभिन्न व्यापारीसँग बैना लिने गरेपछि विवाद हुँदै आएको थियो ।
बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । विशेषगरी चिनमा बढी महत्व मानिने यो फल महँगो मूल्यमा बिक्री हुने गर्दै आएको छ ।
Prev Post
Next Post
एक पटक पढ्नुहोस