After header

प्रधानमन्त्री प्रचण्ड र केपी ओली बिच भेट

काठमाडौं । सिंहदबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप लगाए छन् ।

‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो,’ ओलीले भने । बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’ उनले भने ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ ।मन्त्रीपरिषद बैठक अघि अध्क्षय ओली र प्रधानमन्त्री दाहाल बिच भेट वार्ता भएको थियो ।

एक पटक पढ्नुहोस