After header

विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अब एक हप्तापछि अर्थात बैशाख १० गते भित्र विश्वासको मतलिने तयारी गरेका छन । अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी उनले गरिरहेका हुन् ।

गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट उपर वैशाख १० गते पेसी तोकिएको छ । सुरूवातमै अल्पमतमा देखिएको गण्डकी प्रदेश सरकारले अदालतले आदेश दिनुअगावै विश्वासको मत लिने तयारी गरेको हो । गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका विना विभागीय मन्त्री हरिबहादुर चुमानले अदालतको पेसी अगाडि नै विश्वासको मत लिने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।

‘अहिले पु¥याउने भनेकै संख्या हो । त्यो संख्या पुग्नेबित्तिकै मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ’, उनले भने, ‘सकेसम्म १० गतेभन्दा अगाडि नै विश्वासको मतका लागि सबै दलसँग छलफलमा जुटिरहेका छौं ।’

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र (दीपक मनाङे) छन् भने, अर्कातर्फ नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

एक पटक पढ्नुहोस