After header

काभ्रेको धुलिखेलमा बेल विवाह हुदै

काभ्रे । काभ्रेको धुलिखेलमा हरिकृष्ण प्रतिष्ठान धुलिखेलको आयोजनामा बेल विवाह हुने भएको छ । यही बैशाख २७ र २८ गते धुलिखेलमा बेल विवाह हुने भएको आयोजक सस्थाले जनाएको छ । नेवार समुदायका कन्याहरुको रजस्वला हुनु अघि कहिल्यै नकुहिने र नबिग्रने बेलसँग विवाह गरी धार्मिक रुपमा बाचुञ्जेल विधवा नहुने भन्दै हरेक वर्ष यस्तो विवाहको आयोजना गरिदै आएको छ ।

नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ । तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित । यसलाई नेवार भाषामा इहि भनिन्छ । इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ । यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ ।

यद्यपि, सूर्यपूजा र दर्शन मात्रै गरिने, कन्यादान नगरिने हुँदा सूर्यदर्शनलाई विवाह होइन भन्ने मत पनि पाइन्छ । रजस्वला हुनुअघि नै सुवर्णकुमारसँग विवाह भइसकेको हुँदा पछि श्रीमानको मृत्यु भए पनि नेवार महिलाले रङविहीन अर्थात् वैधव्य जीवन व्यतीत गर्नुनपर्ने मान्यता नेवार समुदायमा छ । कथंकदाचित नेवार युवतीको विवाह नै भएन भने, सुवर्णकुमारसँग विवाह भइसकेकाले विवाहित हुँ भनेर आफूलाई मनोवैज्ञानिक सान्त्वना दिने आधार पनि किंदती रहेको छ ।

हरिकृष्ण प्रतिष्ठान धुलिखेलको आयोजनामा हुने बेल विवाहका लागि इच्छकु ब्यक्तिहरुले छोरीहरुको नाम दर्ता गर्न समेत प्रतिष्ठानले अनुरोध गरेको छ । बेल बिबाह २०८१ बैसाख २७ र २८ गते बिहान ९ देखि ४ बजे सम्म धुलिखेल नगरपालिकाको सब्जी भण्डार, नबिल बैकक भएको घरमा हुनेछ । उक्त बेल विवाहका लागि इच्छुक ब्यक्तिहरुले ९८४३५६७४८१, ९८२६५२८११९ जयकृष्ण न्हसिजु, ९८६०९५५७७३ पवन माकजुलाई सम्पर्क गर्न सकिने समेत सस्थाले जनाएको छ ।

एक पटक पढ्नुहोस