After header

ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा उपत्यका अपराध महाशाखाले छापा मारेको छ । काठमाडौमा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको हो ।

छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । प्रशिक्षार्थीलाई सिकाउन प्रयोग गरिएका २१ वटा गाडी प्रहरीको अनुसन्धानको दायरामा आएको छ । ती गाडीहरूमध्ये १६ वटाको कागजात फेला परेको छ । ५ वटा गाडीको ब्लुबुक नवीकरण नभएको भेटिएको एस्पी रेगमीले जानकारी दिए ।

ट्रायल सेन्टर र ड्राइभिङ्ग इन्स्टिच्युटमा भेटिएका २० वटा मोटरसाइकल र ७ वटा स्कुटर अनुसन्धानको दायरामा आएको छ । १५ वटा मोटरसाइकल नवीकरण फेला भएको र ५ वटाको कागजात नभएको अवस्थामा भेटिएको एसपी रेग्मीले जानकारी दिए ।

एक पटक पढ्नुहोस