After header

जन्ती बोकेको बस दुर्घटना, तिनको मृत्यु

सिन्धुपाल्चोक । जन्ती बोकेको बस दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य धेरै घाईते भएका छन् । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको जानकारी दिए । ‘दुलहासहित ३२ जना घाइते छन्। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एक पटक पढ्नुहोस