After header

तरुण दलका जिल्ला सदस्य लामालाई गोकुलले गरे स्वागत

काभ्रे । नेपाल तरुण दलका जिल्ला सदस्य सुनिल लामालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले स्वागत गदै एमालेमा भित्राएका छन् । चौरीदेउराली गाउँपालिका स्थायी घर भई तरुण दलका जिल्ला सदस्य समेत रहेका मादनकुँडारीका सुनिल लामा नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चौरीदेउराली गाउँपालिका कमिटीको प्रथम अधिबेशन उद्घाटनका क्रममा सुनिल नेकपा एमोल प्रवेश गरेका हुन् । उनी ब्यवसायी पनि हुन् । अधिबेशनले विशाल चौलागाईंको अध्यक्षतामा कमिटी गठन गरेका छ ।

कमिटीमा उपाध्यक्ष उमेश उप्रेती, सचिब सागर चौलागाईं, सह सचिव चिनीमाया लामा र सुसन बुढाथोकी, कोषाध्यक्ष नबिन गौतम रहेका छन् । अधिबेशन उद्घाटनका क्रममा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, एमाले नेताहरु नविना लामा, राजन भुर्तेल, ठाकुर बाँस्कोटा, रिता ढकाल, विक्रम चौलागाई, जितराम लामा, मञ्जु गौतम, उपेन्द्र घिसिङ्ग, बलराम ढुगाना लगायतका नेताहरु सहभागि थिए ।

एक पटक पढ्नुहोस