After header

नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

रूपन्देही, बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको विभागीय डर्बीमा सशस्त्र प्रहरीको एपएिफ क्लबलाई शून्यका बिरुद्ध १ गोलले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।

तेज तामाङले खेलको ७२ औं मिनेटमा गरेको गोल नै पुलिसको जितका लागि पर्याप्त रह्यो।

शुरूदेखि दवावमा खेलेको एपिएफले नेपाल पुलिसको फिनिसिङ खेललाई तोड्न नसक्दा प्रतियोगिताबाट बाहिरियो।

यसअघि तिलोत्तमा गोल्डकपमा तेस्रो, नवौं, दशौं र तेह्रौं संस्करण गरी चारपटक गोल्डकपको उपाधि उचालेको पुलिसले यसपटक पनि गोल्डकप उचाल्ने  सम्भावनालाई पुनर्जिवित गरेको छ।

पुलिसले सेमिफाईनलमा आयोजक रूपन्देहीको सामाना गर्नेछ। सोमबारको खेल थ्रिस्टार क्लव र फेन्डस् क्लबका बिच हुने गोल्डकप आयोजक जिल्ला फुटवल संघ रुपन्देहीले जनाएको छ।

एक पटक पढ्नुहोस