After header

राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र छलफल शुरु गरेको छ । आज बसेको बैठकले संसदको अवरोध अन्त्य गर्ने सम्भावित विकल्पबारे छलफल गरेको छ । छलफलमा सशर्त संसदीय समिति गठन गर्नेदेखि सरकार नै छाड्नेसम्मका विषय उठेको नेताहरु बताउँछन् ।

सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

संसदको आजको बैठक ४ बजे बोलाइएको छ । रास्वपा सभापति समेत रहेका लामिछानेले बिहीबार बिहान पार्टीका उपलब्ध केन्द्रीय सदस्यहरुसँग संसदको अवरोध र सम्भावित विकल्पबारे छलफल गरेका छन् ।

सभापतिलाई बहिर राखेर सरकारमा बस्ने की सरकार नै छाडे भन्ने विषमा पनि छलफल भएको एक नेताले जानकारी दिए ।

 

एक पटक पढ्नुहोस