After header

काठमाडौंको थलीमा एक पौंतिस वर्षीय पुरुष शव फेला

काठमाडौंको । काठमाडौंको थलीमा एक अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको छ । शव अहिले सम्म पहिचान नभएको प्रहरीले जनाएको छ ।

लीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।

शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

 

एक पटक पढ्नुहोस