काभ्रे । काभ्रे जिल्लामा संचालन गरिएको एकसाता लामो पशु आहार अभियान कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा कार्यालय काभ्रे धुलिखेल,काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सघं लिको समन्वय तथा प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश हेटौंडाको आयोजनामा सप्ताहव्यापी पशु आहार अभियान समापन भएको हो । अभियानको एक सातामा विभिन्न ६ वटा स्थानिय तहका काभ्रे जिल्लाका १ सय ५० जना किसान सहभागीलाई विभिन्न स्थानमा प्रशिक्षण गराईएको थियोे ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाबाट शुरुवात गरेको सो अभियान बेथानचोक गाँउपालिका, पनौती नगारपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरापलिका र मण्डनदेउपुर नगरपालिकामा सञ्चालन गरिएको थियो । किसानलाई दान उत्पादन, युरिया, मोलासेस, मिनरल ब्लक, परालमा युरिया उपचार,साईलेज बनाउने प्रविधी जस्ता विषयमा प्रशिक्षण गराइएको थियो ।
अभियानको क्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुसाङ लामाले किसानका लागि दुग्ध विकास बोर्ड जुन अवसर र तालिम आयोजना ग¥यो यो किसानको हितमा भएको जनाएका थिए । यस्ता सैद्धान्तिक भन्दा प्रयोगात्मक सिकाइ गर्दा व्यवहारमा परिवर्तन गर्न किसानलाई सहज हुने बताए । एकातिर दूध नबिकेर हैरानी अर्को तिर पशु आहारको मूल्य वृद्धि भएका कारण आजित किसानलाई यस्तो तालिम उपलब्धि पूर्ण भएको बोर्डका पशु सेवा प्राविधिक (सहयाक स्तर पाँचौं) प्रदिप सापकोटाले जानकारी दिए ।
काभ्रे जिल्लाको छ वटा स्थानिय तहमा हामीले कार्यक्रम सञ्चालन गरौं । जिल्लाभर गर्ने भनियता पनि विकटताका कारण १३ वटै स्थानिय तहमा गर्ने नसकिएको उनले जानकारी दिए । किसानले आफैले घरैमा दाना उत्पादन गर्न सक्यो भने बजारबाट दाना किन्न गर्नुपर्ने लगानी घटाउन सकिने र दुधको पैसा नउठ्दाको पीडा कम गर्न राहत मिल्ने हितुले यस तालिमको आयोजना गरेको उनले बताए ।
पशु स्वास्थ पशु आहार नश्ल सुधार, बजारलाई व्यवस्थापन गर्न बोर्ड लागि परेको उनले बताए । पशु व्यवसायलाई बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन बोर्डले ध्यान दिएको उनले बताए ।कार्यक्रममा सिकेको सीप छिमेकी किसान र सहकारीका सदस्य बिचमा समेत हस्तान्तरण गर्न तालिममा सहभागीलाई आग्रह गरिको थियो ।
गाउँ र पाखामा प्राप्त हुने मौसम घाँसलाई सन्चित गरेर सन्तुलित पशु आहार बनाउने साप्ताहव्यापी कार्यक्रम गरिएको हो । आहार सन्तुलित भएमा थोरै लगानीबाट पनि धेरै नाफा लिन सकिने जस्ता कुरा तालिममा सिकाईको थियो । दान किन्नुपर्ने बाध्यता र लागत घटाएर दाना बनाउन र सन्तुलन दाना बनाउन खुवाउन सकिने बारे सिकाइ भएको थियो ।
पशु आहारा कसरी खुवाउने, आर्थिक लगानी र उपार्जनमा राहत कसरी लिने भन्ने विषयमा दुईदिने तालिम सिकाइ र बुझुएको तालिममा सहभागिहरु बताएका थिए । यस्ता खालका तालिम हामी किसानका लागि धेरै महत्वपूर्ण रहने र यस तालिम भोलिका दिनमा पनि हामी किसानलाई प्रदेश दिदै गर्न सबै सहभागिले आग्रह गरेका थिए ।
जिल्लाको नमोबुद्ध नगरपालिकाबाट सुरुवात तरेको कार्यक्रमको मण्डनदेउपुर नगरपालिकामा समापन गरिएको थियो ।