कर्मचारीले मतदान गर्न नपाउनेबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ, १६ कात्तिक -सर्वोच्च अदालतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई मतदान गर्ने व्यवस्था नहुनाका कारणसहित लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले बुधबार राष्ट्रसेवक कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन नसक्नाका कारणसहित १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अदालतले विपक्षी नेपाल सरकार र निर्वाचन आयोगलाई यही कात्तिक १९ गते छलफलका लागि समेत बोलाएको छ, कान्तिपुरमा खबर छ ।

 

एक पटक पढ्नुहोस