After header

काभ्रेमा लागुऔषध दुरुपयोग–अवैध ओसारपसारविरुद्ध साताव्यापी कार्यक्रम

काभ्रे । ‘लागुऔषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ’ भन्ने मूल नारासहित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस–२०८१ काभ्रेमा समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा बनेपा नगरपालिकाको सहआयोजनामा आज विहान प्रभातफेरी कार्यक्रमसहित नगरको हलमा एक कार्यक्रमबिच समापन गरिएको हो ।

ओसारपसार तथा सेवनलाई नियन्त्रण, न्यूनीकरण गर्ने उद्देश्यका साथ काभ्रे जिल्लामा शुरु गरिएको सप्ताहव्यापी कार्यक्रम समापनका आयोजित कार्यक्रममा बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले बढीजसो विद्यार्थी र युवावर्गमा लागुपदार्थको दुब्र्यसनमा फसेको पाइएकोे उल्लेख गर्र्दै यस्तो दूब्र्यसनले समाजमा नराम्रो असरसमेत परिरहेको बताए ।

उनले लागुपदार्थ दुब्र्यसनमा विद्यार्थी र युवाहरु संलग्न हुनु दुःखद रहेको बताउँदै यी दुब्र्यसनतर्फ उन्मुख भएकाहरुलाई सुधार्न र यो ठाउँमा लागुपदार्थ दुब्र्यसन न्यूनीकरणका लागि आमअभिभावक, सचेत नागरिकलगायत सम्बन्धित पक्ष सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले भने ‘लागुपदार्थ दुब्र्यसन न्यूनीकरणका लागि थुप्रै अभियान ठाउँठाउँमा संचालन गर्नुपर्छ ।’सो अवसरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले दिवसमा गरिने विभिन्न कार्यक्रमले विशेषगरी शहरबजारमा मौलाईरहेको लागुऔषधको विगविगीलाई नियन्त्रण गर्न सहज हुने बताए । लागुपदार्थ दुब्र्यसनको समस्या काभ्रेमा मात्र नभई विश्वमै मुख्य समस्याका रुपमा रहेकाले यसको न्यूनीकरणका लागि सबै पक्षले गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख बसुन्धरा खड्काले काभ्रेमा यस्ता लागुपर्दार्थ सेवन गर्ने मान्छे कम भयतापनि यहाँ बाहिरको मान्छे आएर किनबेच हुने देखिएकाले यसविरुद्ध प्रहरीले निगरानी बढाएको बताईन् । ‘हामीले सबै विद्यालय, गाउँ, टोल, बस्तीमा गएर यसको विरुद्ध अभियान चलाइ रहेका छौँ’ उनले भनिन् । उनले लागुपदार्थ दुब्र्यसन न्यूनीकरणका लागि यहाँका सरोकारवाला निकाय, नागरिक, संघसंस्था, जनप्रतिनिधिलगायत सबैले आफुहरुलाई सहयोग गर्न अपील गरिन् ।

कार्यालयका सुचना अधिकारी एवं डिएसपी राजकुमार श्रेष्ठका अनुसार काभ्रेमा असार ६ गतेबाट मनाईएको अन्तरराष्ट्रिय दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरिएको छ । सुरुको दिन सामाजिक सञ्जालबाट लागुऔषध विरुद्ध सन्देश मूलक जनचेतना दिने किसिमको सुचना प्रचार गरिएको थियो भने अन्य १३ वटै स्थानीय तहमा मातहतका प्रहरी युनिटले वडादेखि टोलसम्म लागुऔषध दुरुपयोगका लक्षण र अभिभावकको दायित्व सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

कार्याक्रममा बनेपा नगरपालिकाका उपप्रमुख विमल सापकोटा दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, बनेपा नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईलगायतले लागुऔषधबारे लागुपदार्थ दुब्र्यसन न्यूनीकरणका लागि खेल्नुपर्ने भूमिकालगायत लागुऔषधले पु¥याउने क्षतिबारे आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा बनेपा वडा नं. ७ का वडा अध्क्षय हिटलर शाक्य, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख विकास तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं विद्यार्थी तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस