After header

जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । गएराति देखि भएको वर्षाका कारणले जुम्ला जोड्ने कर्णली राजमार्ग अवरुद्ध भएको छ ।गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको हो ।

दैलेख–कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन राजमार्ग अवरुद्ध भएकोबारे बिहान सवा ६ बजे प्रहरीलाई खबर भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल न्यौपानेले जानकारी दिए ।

र कालेखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पाँच ठाउँमा सडक अवरुद्ध भएको डिएसपी पोखरेलले जानकारी दिए । दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको र कतिबेला खुल्ने भन्ने निश्चित नभएको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस