After header

मदन भण्डारीको मृत्यु हुनुमा दुर्घटना भन्न नमिल्ने ः पूर्वराष्ट्रपति भण्डारी

काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नो पति एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु हुनुमा दुर्घटना भन्न नमिल्ने भएकाले रहस्यकै गर्भभित्र रहेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा अयोजित स्व.मदन भण्डारीको ७३औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उहाँको ४१ बर्षको उमेर अकाल मृत्यु रहस्यमय जीप दुर्घटनाबाट भएको हो, त्यो घट्ना अहिलेपनि रहस्यकै गर्भमा छ, दुर्घटनाका हो भन्ने लाग्दैन, जनतालाई पनि यसमा विश्वास नभएको बताईन् । घटना घटाउने व्यक्ति पत्ता नलागेको र घटनामा संलग्न कतिपयको मृत्यु भैसकेको उनको भनाई थियो ।

भण्डारीले स्व.भण्डारीको योगदानलाई देश, जनता र भावी पुस्ताका लागि निरन्तरता दिन वैचारिक रुपमा तथा प्राकृतिक रुपमा मावनलाई नभईनहुने अनिवार्य अक्सिजनका लागि बृक्षारोपणलाई जोड दिन आग्रह गरिन । “उहाँको जन्मदिन मनाइको थिएन, अघिल्लो बर्ष कान्छी छोरीको जन्मदिन मनाउँदा उहाँले नै मेरो कसैले मनाउँदै भनेर जिस्केपछि छोरीको अघिल्लो हुँदा असार १४ पहिलोपटक सोही स्मरण गर्दै बृक्षारोपण गरेर जन्मजयन्ती मनाउन सुरु गरेको उनले बताईन् ।

देशलाई समृद्ध बनाउने अभिभारा बोक्नले जनताका बीचमा गएर मन जित्ने पहलकदमी गर्नुपर्छ, जनताले पनि नेताहरुलाई अर्जुन दृष्टिमा राखेका हुन्छन्, यसमा सबैले हेक्का राख्नुपर्छ भण्डारीले भनिन् । उहाँले हरेक परिवर्तनका श्रृङ्खलामा जनतानै निर्णायक भएको स्मरण गर्दै जनतालाई कम शक्तिका रुपमा आँक्न नमिल्ने उनको भनाई थियो ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले न्यायको पक्षमा निडरतासाथ उभिएका नेता स्व.भण्डारीमाथि षड्यन्त्र भएको बताए । कार्यक्रममा पार्टीको बाग्मती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य नविना लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, पूर्व अध्यक्ष अशोक ब्याञ्जूलगायतले स्व.भण्डारीको योगदानबारे चर्चा गरेका थिए ।

एक पटक पढ्नुहोस