After header

अदालतले तोकेको धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान

 काठमाडौं । अदालतले तोकेको धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान भएका छन् । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले धरौटी माग गरेका राजु खत्री भनिने प्रेमनाथ सेढाई, कान्छा लामा र रुपक भण्डारीलाई पनि कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । सेढाईंसँग ५७ लाख, लामा र भण्डारीलाई जनही ९७ लाख रुपैयाँ धरौटी माग भएको थियो ।
तर, धरौटी नुबझाएकाले उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको एसपी बोगटीले बताए । करिब ६१ किलो सुन तस्करीको अनुसन्धान गर्दा ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी अनुन्धानबाट खुलेको थियो । सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको बुधबारको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
२ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिँदै गरेको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । पछि सीआईबीले अनुसन्धान गरेर ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको निश्कर्ष दावाजिनसहित २५ जनाविरुद्ध ३१ भदौमा मुद्दा दायर भएको थियो ।
जसमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । यो मुद्दा अदालतमा विचाराधीन नै छ । पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले छानबिन गरेर १ चैतमा प्रतिवेदन बुझाएपछि सीआईबीले दोस्रो चरणको अनुसन्धान गरेको थियो ।
दोस्रो चरणको अनुसन्धानमा ३२ क्वीन्टल सुन तस्करी भएको खुलेको भन्दै ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
एक पटक पढ्नुहोस